नेकपा एमाले म्याग्दीले समानुपातिकतर्फ १० र राष्ट्रिय सभातर्फ १ जनाको नाम सिफारिस

बागलुुङ  । नेकपा एमाले म्याग्दीले आगामी निर्वाचनलाई लक्षित गर्दै समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत १० जनाको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला कमिटी बैठकले विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी नाम टुंगो लगाएको हो। त्यसैगरी, राष्ट्रिय सभा निर्वाचनका लागि समेत १ जनाको नाम सिफारिस गरिएको छ।

जिल्ला कमिटीले सिफारिस सूची केन्द्रमा पठाइको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण तथा तयारीलाई तीव्र बनाएकोसमेत जनाएको छ।