बागलुङमा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । शनिबार जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै जेष्ठ नागरिक दिवस मनाइएको हो । कार्यक्रममा दुई जना जेष्ठ नागरिक नन्द कलि क्षेत्री र कमल कुमार जिसीलाई नगद दुई हजार पाँच सय रुपैयाँ, दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरिएको थियो । साथै सय वर्षीय तिल कुमारी नायरलाई पनि दुई हजार पाँच सय रुपैया र दोसल्लाले सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जेष्ठ नागरिको अवस्था , अधिकार र महत्वको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर बहादुर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्का, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, स्वागत उपाध्यक्ष चिरिन्जिवि श्रेष्ठले र संचालन सामाजिक विकास कार्यालयकी कार्यालय प्रमुख गोमा देवी शर्माले गर्नु भएको थियो ।

धौलागिरी टेलिभिजन 




