बागलुङ। बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको बिरोधमा बागलुङका राजनैतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
गत सोमबार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयले प्रदेश भरीका विभिन्न कार्यालय खारेजी गर्ने र गाभ्ने निर्णय अन्तरग पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको भन्दै बागलुङका राजनैतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
जिल्लामा क्रियाशिल राजनितिदलले संयुक्त विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश सरकारको विभिन्न संरचना र कर्मचारी घटाउने निर्णय अन्तरगत ६ हजार सेवा ग्राहीरहेको कार्यालय अन्यस्थानमा गाभिएको प्रति आपत्ती जनाएका छन ।
प्रदेश प्रशासनीक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन बिपरीत पर्यटन तथा उद्योग कार्यालय बागलुङलाई स्थानान्तरण गरि पर्वत लैजाने गण्डकी प्रदेश सरकारको निर्णयप्रती बागलुङका राजनैतिक दल र सरोकारवालाहरु असहमति व्यक्त गर्दै तत्काल निर्णय सच्याउन जोडदार माग गरेका छन् ।
नेपाली कांग्रेसका सचिव हरिहर शर्मा, एमाले बागलुका अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष टिका बिक, रास्वपाका खिमानन्द पौडेल, राजमोका नगर सचिव विष्णुप्रसाद अधिकारी, नेपाल समाजवादी पार्टी नेपालका कृष्ण शर्मा र बागलुङ उद्योग वाणिज्यसंघका अध्यक्ष राजनकुमार शाक्यद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा पोखरा पछिको दोस्रो व्यापारिक केन्द्रबाट उद्योग कार्यालय खारेजी गर्ने निर्णय सच्चाउन माग गरिएको छ ।
गण्डकी प्रदेश सरकारको विभिन्न कार्यालय र कर्मचारी घटाउने तथा समायोजन गर्ने निर्णय स्वागत योग्य रहेपनि पूर्व सचिव शंकरचन्द पौडेलको संयोजकत्वमा प्रदेश सरकारबाट गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्य
यन तथा सुझाव समितिको प्रतिवेदन विपरित बागलुङमा रहनुपर्ने पर्यटन तथा उद्योग कार्यालय पर्वत जिल्ला लैजाने भन्ने प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयप्रति जिल्लामा रहेका राजनीतिक दल र सरोकारवाला निकायको गम्भिर असहमती रहेको बिज्ञप्तीमाा जनाइएको छ ।

धौलागिरी टेलिभिजन 










