आर्थिक पत्रकारिता पुरस्कार नारायण रिजाललाई

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको वाणिज्य आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाललाई प्रदान गरिएको छ ।

शुक्रबार रिजाललाई ११ हजार १ सय ११ रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो ।बागलुङ उद्योग वाणिज्य संघको ६१औँ साधारण सभा तथा १९औँ अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

नयाँ पत्रिकाकर्मी नारायण रिजाललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गर्नु भएको थियो । रिजाल विगत लामो समयदेखि पत्रकारितामा क्रियाशिल छन् ।

संघले २ लाख २२ हजार २ सय २२ रुपैयाँको अक्षकोष स्थापना गरी आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई पुरस्कृत गर्ने गरेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले बताउनुभयो । रिजाल मुक्तिक्षेत्र दैनिक र पिपुल्स खबरमा पनि कार्यरत छन् ।