एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गत बागलुङ बजारदेखि सिगना हुँदै शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम भइरहेको छ ।
१० महिनासम्म ठप्प भएको सडक निर्माणको कामले कामले पुन तिब्रता पाएको हो ।






उक्त सडक खण्ड अन्र्तगत सिगानामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ ।
रु. तीन करोड ३१ लाख भुक्तानी नपाउँदा गत वर्षको जेठमा काम छोडेर हिडेको निर्माण व्यवसायी १० महिना पछि काममा फर्किएको हो ।
गत वर्ष बोक्सेदेखि सिगाना वडा कार्यालयसम्म सडकको स्तरोन्नती गरेर फर्केको निर्माण कम्पनीले बक्यौता रकम भुक्तानी पाएपछि पुनः काममा फर्केर वडा कार्यालयदेखि गोखोलासम्मको सडक चौडा बनाउने, नाली निर्माण गर्ने लगायतको काम धमाधम गरिरहेको छ ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगतको उक्त सडक निर्माण शुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएपनि आर्थिक दायित्व सृजना हुँदा काम छोडेर हिडेको थियो ।
निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्रे गर्नेगरी सडक स्तरोन्नतीलाई तिब्रता दिएपनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम झण्डै १० वर्ष ठप्प भएको थियो ।
दायित्व भुक्तानी गरेपछि काममा फर्केर सडक चौडा पार्ने र नाली निर्माण गर्ने काम सुरु भएको हो ।

धौलागिरी टेलिभिजन 



