Untitled



म्याग्दी, १ असार –म्याग्दीको रघुगंगा गाउंपालिका – ७ चिमखोलामा बिहिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाली सेना तथा जिल्ला अस्पताल म्याग्दीद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविर बाट २ सय २३ जना लाभान्वित भएका छन् ।

शिविरमा मेडिकल ओ.पि.डि., अर्थोपेडिक ओ.पि.डि., सर्जिकल ओ.पि.डि. र डेण्टल ओ.पि.डि. का सुविधाहरु प्रदान तथा निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

म्याग्दीका बिभिन्न विशेषज्ञ डाक्टरहरुको बिरामीको परिक्षण र औषधी वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।