नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठक

नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति यतिबेला बागलुङको ढोरपाटनमा आएको छ । प्रचुर संभावना भएरपनि पूर्वाधार र प्रचार प्रसारका कारण ओझेलमा रहेको ढोरपाटनको समग्र विकासको लागि चन्द्र प्रसाद ढकालको नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैंठक ढोरपाटनमा आयोजना गरिएको हो । सोमबार आयोजित बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले २०२५ लाई नीजि क्षेत्रबाट पर्यटन वर्षको रुपमा मानउने, नेपालका सातै प्रदेशमा लगानी सम्मेलन गर्ने र आर्थिक संकट घटाउदै तरलता बढाउन असोज मसान्त भित्र उच्च स्तरीय राजनैतिक तथा सरोकारवाला निकायहरुबीचको छलफल गरेर ठोस उपाय निकाल्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढाकालका बताउनुभयो ।
उहाँले अन्तरािष्ट्रय लगानी जुटाउन पहल गर्ने निर्णय समेत गरेको बताउनुभयो ।

पर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिएर बैंठकको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । अध्यक्ष ढकालको गृह जिल्ला समेत बागलुङ हो । नीजि क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्दै आउनुभएका ढकालले आफ्नै जिल्लाको पर्यटन विकास गर्न महासंघको तेस्रो कार्यकारीणी बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरु सिकार खेल्न मात्रै आउने प्रचलन छ, यहाँको पर्यटन पूर्वाधार र प्रचार प्रसार गर्न नीजि क्षेत्रले उत्सुकता देखाएको हो” ढाकालले भन्नुभयो “ढोरपाटनको भ्रमणमा छौं, यहाँका संभावनाको विषयमा अध्ययन गरेर संभावना खोज्नेछौं ।”

पर्यटन पबद्र्धन तथा लगानीको पहिचान गर्नका लागि नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैठक ढोरपाटनमा आयोजना गरिएको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्र रहेको ढोरपाटनमा आवासीय सहितको बैठक आयोजना गरिएको हो । बैठकको शुभारम्भ भने बुर्तिवाङ बजारमा भएको थियो । प्रचुर संभावना भएर समेत ओझेलमा पर्दै आएको ढोरपाटन क्षेत्रको प्रचार प्रसार गर्र्दैे लगानीका संभावना खोज्न, ढोरपाटन क्षेत्रको अवलोकन गर्न यतिबेला उद्योगी व्यवसायीहरु ढोरपाटनमा आउनुभएको छ । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको बैठक नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचिमा रहेको ढोरपाटनमा आयोजना गरिएकाले महत्वका साथ हेरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो । नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरु ढोरपाटन आउदा बैठक मात्रै नभएर प्रचार प्रसार संगै त्यहाँको नयाँ संभावना र लगानीको क्षेको पहिचान हुँनेछ । देशभरका नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक योजना समेत बनाउन यो बैठकले सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

बैठक पश्चात नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना आतिथ्यता संस्था बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्न सकिने छ । ढोरपाटनमा समग्र जिल्लाको पर्यटनको विषयमा समेत छलफल गर्ने कार्यक्रम तय गरिएको ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताउनुभयो । ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थानहरु रहेकोमा तिनिहरुको प्रचार प्रसार गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको बैठक ढोरपाटनमा आयोजना गरिएको छ । सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटकहरु आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको वृद्धि भएको छ तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा समस्या भइरहेको छ