स्व.टंकनाथ लिलावती उपाध्याय स्मृती सेवा कोष बाट दुई बिधालयका विद्यार्थी सम्मान
स्व.टंकनाथ लिलावती उपाध्याय स्मृती सेवा कोष २०७६ को यस बर्षको पुरस्कार वितरण तथा सम्मान बितरण कार्यक्रम २०८० चैत्र ३ गते राधाकृष्ण मन्दिरको सभा हलमा सम्पन्न भएको छ ।
बिगत ५ बर्ष देखी रकम रु दुईलाख एक हजार एक रुपैया रकमको व्याज बाट स्व. टंकनाथ उपाध्यायको बार्षिक पुण्यतिथीका अवसरमा प्रत्येक बर्ष जस्तै यस बर्ष पनि स्थानिय दुई बिधालय मुक्तीनाथ बेद बिधाश्रम कुडुलेका कक्षा ८ मा अध्यनरत छात्र पवन सुबेदी र बागलुङ बिषेश बाल कक्षा उपल्लाचौर बागलुङमा कक्षा ३ मा अध्यनरत छात्रा खुसी किसान लाई नगद रु. पाचँ हजारका दरले पुरस्कार सहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी शिक्षासेवी मेघराज पाण्डेय अतिथी प्राज्ञ प्रेम छोटा,लालचन्द्र रा.भ, विश्वनाथ रेग्मी,प्रमिला राजभण्डारी र गुमादेबी शर्माले मन्तव्य राख्नु भएको थियो ।
कोषका प्रधान संरक्षक श्री टेक नारायण शर्मा ले स्वागत मन्तव्य र कोषको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष श्री हरि प्रसाद शर्माले गर्नुभएको थियो ।






