Untitled

कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिमा ४० लाख भेटी संकलन

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा ऐतिहासिक चैते दशैकाे अवसरमा ४० लाख ७२ हजार ५ सय ५८रूपैयाँ भेटी संकलन भएको छ ।

मन्दिरमा पुजा गर्न आएका भक्तजनबाट चैते दशैकाे ९ दिनको अवधिमा मन्दिर दर्शन गर्न आएका श्रद्धालु भक्तजन बाट उक्त भेटी संकलन भएको कालीका गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

कालीका मन्दिरमा चैते दशैकाे पहिलो दिन ५ लाख ९९ हजार ८० रूपैयाँ दाेस्राे दिन २ लाख ८७ हजार ३० रूपैयाँ
तेस्रो दिन २ लाख ४७ हजार ५० रूपैयाँ चाैथाे दिन २ लाख ६ हजार ८० रूपैयाँ  पाँचौ दिन ८ लाख ४६ हजार ५ सय ५ रूपैयाँ छैठौं दिन २ लाख ४६ हजार ५ सय ८४ रूपैयाँ साताै दिन ३ लाख ८२ हजार ५ सय ५ रूपैयाँ आठौं दिन ९ लाख १८ हजार ४ सय ६५ रूपैयाँ नबाै दिन ३ लाख ३८ हजार ४ सय ५९ रूपैयाँ भेटी संकलन भएको काेषाध्यक्ष खड्काले बताउनुभयो ।

गत बर्ष चैते दशैकाे अवसरमा ३४ लाख ४७ हजार २ सय ९२ रूपैयाँ भेटी संकलन भएको थियो यस बर्ष ४० लाख ७२ हजार ५ सय ५८ रूपैयाँ भएको यस बर्ष गत बर्ष भन्दा ६ लाख २५ हजार २ सय ६६ रूपैयाँ बढी भेटी संकलन भएको खड्काले बताउनुभयो ।

कालीका भगवती मन्दिरमा पुजा गरेपछि आफ्नो मनाेकाँक्षा पुरा हुने जन विश्वासका कारण देशभर बाट भक्तजनहरू मन्दिर दर्शन गर्न आउने गर्छन् ।बिशेष गरेर बदा दशै र चैते दशैमा लाखौंको संख्यामा भक्तजन आफुले गरेको भाकल पुजा गर्न आउने गर्छन् ।यातायातको सुविधापछि मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटक बढेर गएपछि मन्दिर ब्यवस्थापन समितिले भक्तजनकाे लागि सहजरूपमा पुजा गर्ने मन्दिर दर्शन गर्ने प्रवन्ध मिलाएको कालीका गुठी ब्यवस्थापन समितिका सचिव अर्जुन खड्काले बताउनुभयो ।