सुनौलो बागलुङ संस्था द्वारा बरेङ मा राहत वितरण

बागलुङ,

सुनौलो बागलुङ संस्थाले शुक्रबार बरेङ गाउँपालिकाको दुई स्थानमा राहत वितरण गरेको छ ।

संस्थाले बरेङ गाउँपालिका–३ स्थित किसिमकोट बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा बाल कक्षादेखि कक्षा आठसम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

अती कम्जोर र विपन्न परिवारका बिद्यार्थी बाल कक्षादेखि पाँच कक्षासम्मका विपल सुनार, अन्जली नेपाली,रिजन खनाल,स्वस्तिमा काउचा, कला बुढाथोकी,अमृत खनाललाई एक थान झोला पाँच वटा पेन्सिल एक दर्जन कलर र कपि एक दरजन त्यस्तै ६ कक्षा देखि ८ कक्षासम्मका बिद्यार्थी (शान्ती परियार,अस्मिता बोहोरा,रजना सुनार,र कुमार खत्री लाई एक थान झोला, १० वटा पेन,एक दर्जन कलर, एक दरजन कपि सहित एक एक वटा ज्यामिटी बक्स वितरण गरेको संस्थाका सचिव बबिन आचार्यले बताए ।

संस्थाले बरेङ गाउँपालिका–२ स्थित विगत ६/७ महिनादेखि प्यारलाइसिस भइ उपचार खर्च जुटाउन गाह्रो भएका क्षेत्र बहादुर छन्त्याललाई नगद २० हजार रुपैयाँ सहयोग गरिएको छ

वैदेशिक बिभागका कोषाध्यक्ष एंवम आर्थिक संयोजक चित्र श्रीसको विशेष पहल मा थोरै भएपनी राहत होस भन्ने अभिप्राय ले राहत वितरण गरेको संस्थाले जनाएको छ

कार्यक्रममा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले संस्थाले निकै राम्रो काम गरेको र सामुदायिक विद्यालयले जस्तो विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन सक्ने बताए ।

अगामी दिनमा गाउँपालिद्वारा पनि सहयोग गरिने शारदा माध्यामिक विद्यालयका सल्लाहकार समितीका संयोजक केहरसिँह थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर पुन, प्रधानाध्यापक देविदत्त पौडेल र संस्थाका पूर्व सचिव प्रदिप श्रीसले मन्तव्य राख्नुभएको थियो

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष दिलिप प्रतेलको अध्यक्षता बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता संस्थाका केन्द्रिय उपाध्यक्षको स्वागत र शारदा माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो