बागलुङको लेखानीका सुनार मृत अवस्थामा फेला

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा शेर बहादुर सुनार (गोरे) को झोलुङ्गे पुल मुनी, खोलाको बिच भागमा शव फेला परेको छ ।

यही जेठ २५ गते बिहान घरबाट निस्केको र सबै स्थानमा निरन्तर खोजी कार्य गर्दा २०८२ जेठ २८ गते काठेखोला गाउँपालिका ८ लेखानी कादेश जोड्ने झोलुङ्गे पुल मुनी, खोलाको बिच भागमा घोप्टो परेको क्षत विक्षेत अवस्थामा मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालयले बागलुङले जनाएको छ ।

३९ वर्षका सुनार परिवारका अनुसार पहिले पनि बेला बेलामा हराउने गरेको मानसिक अवस्था पनि थिक नभएको कारणले लामो पुलबाट हाम फाल्यो कि भन्ने आसाङका भएको र खोलाको बिच भागमा डुङ्गामाथि हात, खुट्टा भाचिको अवस्थामा भेटिएको थियो।

शवलाई सबै जनसमुदाय, घरपरिवार ,जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चेकजाँच गरी मुचुल्का तयार गरि धौलागिरी अस्पताल बाग्लुङमा पोस्टमाट्र्मका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।