बागलुङ । कला, साहित्य, संगित र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । एक सय ५९औँ मोती जयन्तीका अवसरमा उहाँहरु लाई सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०८० सालको ‘ मोती सार्थक सम्मान’ बागलुङका समाजसेवी देब बहादुर श्रेष्ठ र पुर्व संघिय संसद मन कुमारी केसी जिसी लाई प्रदान गरेको हो ।
यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित हनुभएको छ । धवल मोति सम्मान २०८० बागलुङका गित संगीतकार शुभराम भारी र मृदङगाबादक अजय प्रसाद श्रेष्ठलाई र २०८१ को सम्मान सास्कृतिक क्षेत्रमा कृयाशिल युवराज राजभण्डारी र गायन कलाका सुदर्शन शाक्य सम्मानित हुनुभएको छ ।
सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष दुई युवा स्रष्टालाई प्रदान गरिएको छ । २०८० को सम्मान बागलुङ बजारका मुकेशचन्द्र राजभण्डारी र यसवर्षको सम्मान काठेखोला गाँउपालिका बिहुँका कोपीला कँडेल लाई प्रदान गरिएको हो ।
राजभण्डारी र कँडेल लाई कला, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियासिल रहेकाले सम्मान गरेको अध्यक्ष काजिरोषनले बताउनुभयो । सम्मानित व्यक्तित्व सबैलाई प्रतिष्ठानका अध्यक्ष काजिरोषन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील रही योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको प्रकाशनका अध्यक्ष काजिरोशनले बताउनुभयो । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।
सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले भाषा,कला,साहित्य र संगितकर्मी लाई सम्मान गरेर संस्थाले असल कार्य गरेको वताउनुभयो । यस्ताखाले कार्यक्रमले कला संस्कृतिको जर्गेर्ना गर्नेमा जोड दिनुभयो ।
युवाकवी मोतीराम भट्टको जिवनी वारे धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डे र सम्मानित व्याक्तित्व वारे गोविन्द सुवेदीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सम्मानित व्याक्तित्व मन कुमारी केसी जिसी, युवराज राजभण्डारी र मुकेशचन्द्र राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सर्जकहरु धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक रामचन्द्र शर्मा, कोपीला कँडेल, शान्ति ज्ञेवाली, मञ्जु पौडेल लगायतले साहित्यीक सृजना वाचन गर्नुभएको थियो । कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको अध्यक्षता, सार्थक प्रकाशनका युक्तप्रसाद सुवेदीको संचालन र विद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।