बागलुङ महिला समाज कल्याण केन्द्रद्वारा रामरेखा आधारभूत विद्यालयलाई ३० हजार सहयोग

बागलुङ । बागलुङ महिला समाज कल्याण केन्द्रले शैक्षिक गुणस्तरमा सुधार गर्ने उदेश्यले रामरेखा आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

केन्द्रले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालयलाई ३० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । बागलुङ महिला समाज कल्याण केन्द्रकी अध्यक्ष मिला राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीलाई रकम हस्तान्तरण गर्नु भएको हो ।

बागलुङ महिला समाज कल्याण केन्द्रकी अध्यक्ष मिला राजभण्डारीले विद्यार्थीको उज्ज्वल भविष्य र शैक्षिक गुणस्तरमा सुधार होस भनि आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले यस विद्यालयलाई सम्झेर विपन्न बालबालिकाको शिक्षामा पहुँच पुगोस भनि सहयोग गर्नु भएकोमा महिला समाजलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा शिक्षक विष्णु राज पौडेलले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक सिर्जना शर्माको स्वागत र बागलुङ महिला समाज कल्याण केन्द्रकी सचिव निरु जोशी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो । यस विद्यालयमा शारीरिक अपांग भएका १३ जना बालबालिकासहित १ सय ४० जना विद्यार्थीहरु अध्ययरत छन् ।

बागलुङ महिला समाज कल्याण केन्द्रले स्थापना कालदेखि महिलाहरुको नेतृत्व विकासका साथै जनस्वास्थ्य, शिक्षा, मानविय र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।