बागलुङ, मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो स्थापना दिवसका अवसरमा बौद्धिक अपांङ्ग अध्यनरत विद्यालयमा खाध्य सामग्री सहयोग गरेको छ । सहकारीले १७ औ स्थापना दिवसका अवसरमा बा.न.पा ४ उपल्लाचौर स्थित विशेष बाल कक्षा आवसिय विद्यालयमा दाल, चामल, तेल, नुन,चाउचाउ लगायतका सामग्री हस्तान्त्रण गरेको हो । उक्त सामग्री मातृभुमी सहकारी संस्था लि.का अध्यक्ष गुणराज शर्मा पौड्याल र सल्लाहकार प्राःडा रामप्रसाद उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र प्रधानाध्यापक युक्तजंङ्ग राजभण्डारी लाई हस्तान्त्रण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सहकारीका सल्लाहकार तथा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्राःडा रामप्रसाद उपाध्यायले बागलुङ्गमा दुई सहकारी संस्थाले वित्तिय अपचलन गर्दा त्यसको असर समग्र सहकारीमा पर्न गएको वताउनुभयो । सहकारी प्रति व्याक्तिको विश्वास कमजोर बन्दै गईरहेको अवस्थामा मातृभुमी सहकारीले भने आफुलाई अव्बल रुपमा स्थापित गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले मातृभुमी सहकारीले स्थापना दिवसमा अपांङ्गता भएका बालबालिका अध्यनरत विद्यालय लाई सम्झेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
मातृभुमी सहकारी संस्था लि.का अध्यक्ष गुणराज शर्मा पौड्यालले सहकारीले गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सेवामुलक कार्य गर्दै आएको वतउनुभयो ।
कार्यक्रम मातृभुमी सहकारी संस्था लि.का अध्यक्ष गुणराज शर्मा पौड्यालको अध्यक्षता,शिक्षा उपसमिति संयोजक रामचन्द्र शर्माको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।