images
images

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक विकासका लागि एकीकृत उत्पादन र बजारीकरणमा जोड दिएको छ ।

बागलुङ, को ताराखोला गाउँपालिकाले आर्थिक विकासका लागि एकीकृत उत्पादन र बजारीकरणमा जोड दिएको छ ।

शुक्रबार पालिकाको प्रशासनिक केन्द्र अर्गलको भाँतखाने डाँडामा आयोजित १६ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले गाउँपालिकाको आन्तरिक उत्पादन बढाई निर्यात वृद्वि, पर्याप्त रोजगारी सिर्जना गर्न कृषक, कृषि समूह, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा ‘उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम’ संचालन गर्ने बताउनुभयो ।

आन्तरिक उत्पादन र रोजगारी अभिवृद्विको लागि स्थानीय उत्पादन (आलु, भाँगो, किवि, अलैची, स्लेट ढुंगा, गाँजा खेती, लोक्ता र पर्यटन क्षेत्रको विकासमा जोड दिँदै औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनको साथै गाउँपालिकाको विकासका संभाववित क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनको परिक्षण गर्ने गाउँपालिकाले नीति लिएको छ ।

व्यवसायिक कृषि तथा पशुपालन क्षेत्रमा सामूहिक तथा साझेदारी उत्पादन प्रणालीको विकासमा जोड दिएको गाउँपालिकाकाले बहुउदेश्यीय सहकारीहरुलाई एकीकृत उत्पादनको क्षेत्रमा समावेश गरी उत्पादन र बजारीकरण गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने, स्थानीय उत्पादनलाई आधार बनाई तुलनात्मक लागत लाभ र प्रतिष्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्वि गर्ने लक्ष्य लिएको छ ।

पूर्वाधारतर्फ शहीद मार्गको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै औद्योगिक ग्रामको निर्माणलाई निरन्तरता र दलामचौर मोटरेबल पुल, दुई वडा कार्यालय, सामुदायिक र नमुना विद्यालयका भवन निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।