images
images

लियो क्लव आफ धौलागिरिको आयोजनामा विद्यार्थीको आँखा परीक्षण तथा डस्बीन हस्तान्त्रण

लियो क्लब अफ धौलागिरि बागलुङको आयोजना र बागलुङ जेसिजको सह आयोजनमा बागलुङ नगरपालिका – १४ को जनताधन माविमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । शिविरमा करिब २ सय १० जनाको चेकजाँच गरिएको थियो ।

आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा जनस्तरमा आँखाको स्याहार कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्धेश्यले परामर्श सहित आँखा परिक्षण शिविर आयोजना गरिएको क्लवका अध्यक्ष सचिन हरिजनले बताउनु भयो ।

क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयमा निःशुल्क आँखा शिविरको आयोजना गर्नु महत्वपुर्ण बिषय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले बताउनु भयो ।

शिविरम क्लवका सल्लाहकार तथा संसफल चश्मा घरका संचालक गणेश महतोले आँखा परीक्षण गर्नु भएको थियो । यस्तै क्लवले शुक्रबार बागलुङ नगरपालिका १४ को आधारभूत विद्यालयलाई ६ थान डस्बीन हस्तान्त्रण गरिएको छ ।

वडा सदस्य डिल बहादुर हरिजनको उपस्थितिमा डस्बीन हस्तान्त्रण गरिएको थियो । विद्यालय सफा राख्नका लागि डस्बीन हस्तान्तरण गरेको छ । कक्षा कोठा तथा विद्यालय क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि डस्बीन हस्तान्तरण गरेको क्लवले जनाएको छ ।