images
images

नेपाल रेडक्रस सोसाईटी बागलुङको आयोजनामा यौन तथा लैङ्गिक हिसाँ सम्बन्धी तालिम संचालन

बागलुङ । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिसाँ सम्बन्धी तालिमको संचालन गरिएको छ ।

क्यानिडियन रेडक्रसको सहयोगमा बागलुङ जिल्ला शाखाद्धारा संचालित समुदायका आधारित बृहत स्वास्थ्य परियोजनाको सहयोगमा सो तालिमको संचालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिसाँ रहित समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने वताउनुभयो । न्यायपुर्ण हिसाँ रहित समाज निर्माणका लागि बागलुङ नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको उहाँको भनाई थियो ।

सो अवसरमा लैङ्गिक तथा वालवालिका सेवा केन्द्रका अध्यक्ष पार्वति आचार्य र अन्तरपार्टी महिला सँञ्जालका अध्यक्ष सिता सापकोटाले पछिल्लो समय यौन तथा लैङ्गिक हिसाँ बढ्दै गईरहेको भन्दै सबै मिलेर हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उदेश्य बारे रेडक्रसका अधिकृत गोकर्ण श्रेष्ठले वताउनुभएको थियो । रेडक्रसका सिद्यान्त सदस्य त्रिकला थापाले वाचन गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ्गका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, कोषाध्यक्ष जिवननाथ शर्माको स्वागत र उप–सभापति शिता शर्माको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको सम्पन्न भएको थियो ।