images
images

मानव अधिकारको लागि महिला, एकल महिला समूह बागलुङको ७ औं साधारण सभा सम्पन

बागलुङ । मानवअधिकारका लागि महिला एकल महिला समुहको ७ औ साधारण सभा तथा तेश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।

अधिवेशनले पुनं खडक कुमारी खड्काको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु खड्का, सचिव सिता देबी सुबेदी, सहसचिव सिता थापा र कोषाध्यक्षमा देबी जिसी रहनुभएको छ ।

यसैगरी समितिका सदस्यह्रमा पुष्पा बोहोरा, लक्ष्मी खड्का, सविमाया क्षेत्री, पार्वती अधिकारी थापा, भिमा खड्का , गिता खड्का गोमा प्न्त पुतली केसी विष्णु केसी थापा, गंगा केसी रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडा नम्वर ३ का अध्यक्ष सनि केसी लक्ष्मणले महिलाको अधिकारका लागि वडा तहले सक्दो सहयोग गर्ने वताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

सल्लाहकार शकु्न्तला शर्मा, एकल महिला समुह वडा नम्वर ४ का अध्यक्ष कमलादेबी आचार्य, टोल सुधार समितिका अध्यक्ष यामबहादुर केसी, लालबहादुर केसी महिला हित सहकारी संस्थाका अध्यक्ष लिला खड्का, वडा नम्वर ३ का सदस्य नगेन्द्र केसी,क्षेत्री समाजका उपाध्यक्ष शिवकला थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाको प्रगति प्रतिवेदन सहसचिव मेघा थापा क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो कार्यक्रम मानवअधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष खडक कुमारी खड्काको अध्यक्षता, उपाध्यक्ष सन्तु खडकाको स्वागत मन्तव्य र सचिव सिता देबी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।