बागलुङ । राष्ट्रिय स्वास्थ्यकर्मी महासघंको १९ औ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासघं बागलुङले बलेवामा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, वृक्षारोपण खेलकुद सामग्री वितरण गरी १९ औ स्थापना दिवश मनाएको हो ।
सो अवसरमा ९२ जना जेष्ठ नागरिक र १४ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण तथा आवश्यक परामर्श समेत दिएको स्वास्थ्यकर्मी नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका उप–सचिव धन वहादुर परियारले राष्ट्रिय स्वास्थ्यकर्मी महासघंले दुर्गम बस्तीमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना गर्नु सर्हानिय कार्य भएको वताउनुभयो ।
सो अवसरमा राष्ट्रिय जनस्वास्थ्यकर्मी सघं गण्डकी प्रदेशका अध्यक्ष बावुराम आचार्य,केन्द्रिय सचिव दिल्लीप्रसाद आचार्य,नेपाल स्वास्थ्य प्राविधिक सघंका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, स्थानिय समाजसेवी गुरुदत्त पाठक,नेकपा एमाले नगर कमिटि सचिव धुव्र श्रेष्ठ, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासघंका केन्द्रिय सदस्य कुष्णप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासघं बागलुङका अध्यक्ष उमेश सवुर्जाको अध्यक्षता, जिल्ला सदस्य वैकुण्ठ कार्कीको स्वागत मन्तव्य र सचिव लक्ष्मण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।