images
images

गणतन्त्र दिवसका अवसरमा शहिदहरुको शालिकमा माल्यार्पण

बागलुङ । १७ औं गणतन्त्र दिवस बागलुङ र म्याग्दीमा पनि मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समिति बागलुङको आयोजनामा गणतन्त्र दिवस २०८१ का अवसरमा शहिदहरुको शालिकमा माल्यार्पण गरिएको थियो ।

सो अवसरमा बोल्ने वक्ताले जनताको बलिदानीपुर्ण आन्दोलन वाट प्रात्त गणतन्त्रले जन चाहना अनुसार काम गर्न नसकेको गुनसो गरे । गणतन्त्र स्थापना पछि पनि जनताका आवश्यता पुरा नहुनु दुखद पक्ष भएको भन्दै उनिहरुले कागजमा भएको गणतन्त्रलाई संस्कारमा परिवर्तन गर्नुपर्ने वताए । सकरात्मक सोचका साथ गणतन्त्र लाई सफल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर के.सी, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष सिता सापकोटा, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक छविरमण रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको स्वागत तथा जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैविच
१७ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा मंगलबार सदरमुकाम बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको छ । सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रममा सहभागिता रहेको थियो ।

नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राजनीतकि परिवर्तन मात्रै नभई हरेक जनताको आर्थिक, सामाजिक तथा सम्रग क्षेत्रमा परिवर्तन गरे मात्रै गणतन्त्र संस्थागत हुनेमा जोड दिइएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् मुल समारोह समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।