images
images

एञ्जल्स हार्ट माध्यामिक विद्यालयले एसइई छात्रबृत्ति छनौट कार्यक्रम २०८१ शुरु

बागलुङ । एञ्जल्स हार्ट माध्यामिक विद्यालय माध्यामिक शिक्षा परिक्षा एसइई छात्रबृत्ति छनौट कार्यक्रम २०८१ शुरु गरेको छ । २०७० सालबाट एसइई छात्रबृत्ति छनौट कार्यक्रम शुरु गरेको एञ्जल्स हार्टले साविक धौलागिरिको बागलुङ, म्याग्दी र पर्वतका विद्यार्थीलाई पूर्ण छात्रबृत्तिका लागि छनौट कार्यक्रम शुरु गरेको हो ।

शिक्षा क्षेत्रको बिकासमा काम गर्ने उद्देश्यले संचालिल हार्टले बागलुङबाट ४ जना, म्याग्दी र पर्वतबाट २/२ जना बिद्यार्थी छनौट गरि अध्यापन गराउने अभिप्रायले छनौट प्रक्रिया शुरु गरेको सहायक प्रिन्सीपल दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

एक जना छात्र र एक जना छात्रा गरि दुई जना छनौट गरिने र बागलुङको बुर्तिवाङबाट पनि छनौट गरिने उहाँले बताउनुभयो । बागलुङ सदरमुकामको गोल्डेन गेटमा बिहिवार न्यू धौलागिरि बागलुङमा शुक्रवार, अक्फोर्ड इन्सिच्युट कुश्मामा शुक्रवार, १२ गते बुर्तिवाङ बजार, १३ गते दरवाङ म्याग्दी, १४ गते गुरुकुल इन्सिच्युट बेनीमा छनौट गरिने उहाँले बताउनुभयो ।