images
images

नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन

नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन गरिएको छ । नेपाल शिक्षक संघ बागलुङको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नेपालको विभिन्न राजनीतिक परिवर्तनमा शिक्षकहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।

‘नेपालको हरेक परिवर्तनमा शिक्षकहरुको ठूलो भूमिका छ, उहाँले भन्नुभयो ,‘गाउँ गाउँमा राजनीतिक दलहरु प्रवेश गर्न नसक्ने अवस्थामा शिक्षकहरुले नै परिवर्तनको बीउ रोप्ने काम गर्नुभएको थियो ।

उहाँले अब नेपालको आर्थिक विकासका लागि पनि शिक्षकहरुको रचनात्मक र सिर्जनात्मक भूमिकाको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वीरबहादुर किसानले गरेका थिए ।