images
images

ट्राफिक सप्ताहको अन्तिम दिन ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच

ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमख निउरेले जानकारी दिए ।

बढ्दो जनघनत्व र सवारी चापले अव्यवस्थित बनेको बजारमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न अहोरात्र खट्ने ट्राफिकको स्वास्थ्य चुस्त राख्न अस्पतालको समन्वयमा सुगर, पिसाब जाँच र इसिजी गरिएको हो ।