
बागलुङको बाङे्चौर खेल मैदानमा संचालित जिल्ला फुटबल लिग अन्तर्गतको नकआउट चरण खेलमा युनिटी क्लव र संयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेका छन् ।
जिल्ला फुटवल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार भएको सेमिफाइनल खेलमा अमर आदर्श युवा क्लवलाई पराजित गर्दै युनिटी क्लव र तमानखोलालाई पराजित गर्दै सँयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेका हुन् ।
अमर आदर्श क्लवलाई २ का बिरुद्ध ३ गोल गर्दै युनिटी युवा क्लव र तमानखोलालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सँयुक्त चार युवा क्लव फाइनलमा प्रवेश गरेको संघका उपाध्यक्ष बिकाश थापाले जानकारी दिनुभयो ।
फाइनल खेल शुक्रवार १ बजे हुने भएको छ । बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागीताका लागि ५ वट क्लवका बिचमा खेल भएको हो ।
लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् ।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव रेशम गोतामेले जानकारी दिनुभयो । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।