images
images

महिलाहरुका लागि चार दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि चार दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले निरन्तर प्रयास र मेहनतबाट मात्रै सफलता हाँसिल गर्न सकिने भन्दै नेतृत्व विकास र उद्घोषणमा पनि निरन्तरको मेहनत लगाव आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा काठेखोला गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता टीका संगम बिक,तालिमका प्रशिक्षक पत्रकार संगम घर्तीमगर र काठेखोला गाउँपालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष नरमाया थापाले मन्तव्य व्यक्तगर्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरु हिरा थापा, देवी थापा, रुपी थापा, कृष्णकुमारी पुन, चनु रोका मगर, अमृता थापा, मनु पुन, कुमारी थापा, तारादेवी थापा, सीता किसान लगायतले तालिमको अनुभव बताउनुभएको थियो ।

काठेखोला गाउँपालिका—४ तंग्रामकी वडा सदस्य एवं महिला समन्वय समिति संयोजक सम्झना थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सदस्य भूमिका थापा परियारले गरेकी थिईन् ।