पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्वर २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलनको आयोजना गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ बर्षिया गमला जिसीको गत चैत १९ गते राती हत्या भएको थियो ।
घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्वर २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्वर २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा नम्वर २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ । पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको हो । आरोपीहरुले रातीको समयमा विभिन्न बहान बनाएर घरमा गई सुन तथा धनमाल लुटपाटको सन्दर्भमा दम्पत्तिको हत्या गरेको प्रहरीको प्रारम्भिक निश्कर्ष रहेको छ ।