images
images

अब बन्ने घर तथा भवनहरु अपांङ्गमैत्री हुनुपर्ने

अब बन्ने घर तथा भवनहरु अपांङ्गमैत्री हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राष्ट्रिय अपांङ्ग महासघं , अनौपचारिक सेवा केन्द्र ईन्सेक आईएन एफ नेपाल लगायतका संस्थाद्धारा बिहिबार बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले राज्यका सबै संरचनामा अपांङ्गता भएका व्याक्तिको सहज पहुँच हुनुपर्नेमा जोड दिए ।

सार्वजनिक तथा निजी भौतिक संरचना निर्माण गर्दा फरक अपांङ्गता भएका व्याक्तिहरु प्रति कोही पनि संबेदनसिल बन्न नसकेको चर्चा गर्दै सहभागीले” अब बन्ने संरचनामा अपांङ्गमैत्री बन्नुपर्ने बताए । कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुबेदीले अपाँङ्ग लगायत सबै लाई न्याय हुने गरी भौतिक संरचना निर्माण हुनुपर्ने बताउनुभयो ।

अपाँङ्गता भएका व्याक्ति बारे चासो नहुँदा घर तथा भवनहरु अपाँङ्गतामैत्री बन्न नसकेको चर्चा गर्दै उहाँले” अब बन्ने संरचनामा सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोडदिनुभयो । उहाँले अपांङ्गता भएकाको हक अधिकार बारे सबै क्षेत्रमा चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र जैमुनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले अब बन्ने संरचना अपांङ्गमैत्री बनाउने बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय उप–प्रमुख होमनाथ सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बराल,अनौपचारिक सेवा केन्द्र ईन्सेकका गण्डकी प्रदेश प्रमुख शिव खकुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाँङ्ग महासघं गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा सुबेदी र हरियो खर्क अस्पतालका तारा हाङ तावाले गर्नुभएको थियो ।कार्यक्रममा ईञ्जीनियर बल दाहाल, होमनाथ शर्मा, बिकल थापा लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अपांङ्गता स्वावलम्वन संस्था डिडा नेपालका अध्यक्ष दिपक तिमिल्सेनाको अध्यक्षता, राष्ट्रिय अपांङ्ग महासघं गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटाको स्वागत मन्तव्य र सचिव गिरीधारी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।