images
images

विद्यालय नजिकै रहेका पसलबाट सुर्तिजन्य पदार्थ जफत

म्याग्दीको बेनी बजारमा रहेका बेनी सामुदायिक माध्यमिक विद्यालय तथा प्रकाश माध्यमिक विद्यालयको सटरमा बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको छ ।

बेनी सामुदायीक विद्यालयको व्यवसायीक सटरमा बिक्रीका लागि राखेको सुर्तिजन्य पदार्थहरु जफत गरेर नष्ट गरीएको हो । सुर्तिजन्य पादर्थहरु खुल्ला रुपमा किराना पसलमा पाइएकोले जफत गरीएको बेनी नगरपालिकाका अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दी सदरमुकाम बेनी बजारका भएको अनुगमनमा अधिकांश पसलहरुमा म्याद गुज्रेको सामान भेटिएपछि नियन्त्रणमा लिएर नष्ट गरीएको हो ।

पटकपटक चेतावनी दिँदा पनि बजारमा म्याद गुज्रेको सामान बिक्री गर्न टाँसीमा सजाएर राखेकै अवस्थामा भेटीनु दुःखद् भएको खाद्य निरीक्षक सहन्सा मेहताले बताउनुभयो । फेला पारिएको अखाद्यलाई नष्ट गरेर लिखित चेतावन दिइएको समेत उहाँले बताउनुभयो ।