images
images

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शान्तिपूर्ण वातावरणमा सम्पन्न

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो दिन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । बिहीबारदेखि सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको उहाँको भनाइ छ । यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेका थिए ।

जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको हो । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरू सहभागी भएका हुन् ।