images
images

नेकपा एमाले बागलुङ जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशनको तयारी तिब्र

नेकपा एमाले बागलुङ जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । चैत्रको २९ र ३० गते बागलुङ बजारमा हुने अधिवेशनको तयारी अन्र्तगत पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट र निमन्त्रणा गरिएको एमाले बागलुङले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसीको नेतृत्वमा गएको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अथितिको निमन्त्रणा समेत दिएको हो । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले बागलुङले तयारी तीव्र पारेको नेकपा एमालेका केन्द्रिय सदस्य डाक्टर सुर्य पाठकले जानकारी दिनुभयो ।

गत माघ ७ गते सम्पन्न एमाले जिल्ला कमिटि बागलुङको नवौं पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनको तयारीको लागि बैठकले नेताहरुलाई जिम्मेवारी समेत प्रदान गर्नुका साथै विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ ।

जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी ओलीको आतिथ्यतामा उत्सवको रुपमा मनाउन दशै वटा पालिकाको सबै तहको नेता र कार्यकर्तालाई सक्रिय बनाइएको नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष केसीले बताउनुभयो ।