
बागलुङको काठेखोलामा गाँउपालिका अध्यक्ष कप २०,८० को संचालन हुने भएको छ । काठेखोला गाँउपालिकाको आयोजना तथा काठेखोला गाँउपालिका स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजनमा यहि चैत्र २८ गते देखी बैशाख १ गते सम्म दोश्रो काठेखोला गाँउपालिका अध्यक्ष कप संचालन गरिने भएको हो ।
काठेखोला गाउपालिकाले सोमबार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी खेलकुदको माध्यामबाट शारिरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान मानव संसाधनको विकास गरि अनुशासित र मर्यादित समाजको निर्माग गर्ने उदेश्यले पालिकाले अध्यक्ष कपको आयोजना गर्न लागेको जनाएको छ ।
सिक्षित समुन्नत र आत्मनिर्भर सहितको समृद्ध काठेखोला निर्माण गर्ने अभियान अन्र्तगत पालिका अध्यक्ष कप संचालन गर्न लागेको काठेखोला गाउपालिकाका प्रवक्ता तथा खेल संयोजक टिका संगम विकले जानकारी दिनुभयो ।
अध्यक्ष कप अन्र्तगत विभिन्न खेलकुद सहित कला संस्कृति र साहित्यीक र सांगितिक लगयतका कार्यक्रम समेत संचालन हुनेछन् ।
वडास्तरीय पुरुष भलिवल प्रतियोगिता, दोश्रो काठेखोला लोक तारा गायन प्रतियोगिता, गजल प्रतियोगिता सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल, व्याडमिन्टन लगायतका कार्यक्रम संचालन हुने आयोजकले वताएका छन् ।
त्यसैगरी सोरठी पञ्चेवाजा, भजन, लगायतका स्थानीय झाँकी प्रदर्शन तथा यानीमाया, झाम्रे, सालैजो लगायतका कार्यक्रम रहेको गाँउपालिकाले जनाएको छ ।
सो अवसरमा बोल्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले युवाहरु लाई खेलकुद तर्फ आकर्षित गर्दै नेतृत्व र क्षमता विकासमा सहयोग पुर्याउने तथा समग्र काठेखोलाको विकासका लागि अध्यक्ष कपको संचालन गर्न लागिएको बताउनुभयो । काठेखोलाको प्रचारप्रसार सहित समग्र क्षेत्रका प्रतिभाको पहिचान गरी खेलकुद र कला क्षेत्रमा युवा वर्ग लाई आकर्षित गर्न खेलकुद प्रतियोगिता सहयोगी बन्ने थापाले बताउनुभयो ।
उपाध्यक्ष तिलक थापाले अध्यक्ष कप लाई सभ्य भव्य बनाउनका लागि सबैको सहकार्य समन्वय र सहयोगको आवश्यकता रहेको वताउनुभयो ।
कार्यक्रम काठेखोला गाँउपालिकाका प्रवत्ता तथा खेल संयोजक टिका संगम बिकको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमको स्वागत र सुचना अधिकारी मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।