images
images

मुस्लिम धर्मालम्बीहरूको धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८औं जन्मदिन बागलुङमा मनाएकाछन्

बागलुङ बजारमा बसोबास गर्ने मुस्लिम धर्मालम्बीहरूले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८औं जन्मदिन मनाएका छन्। मुस्लिम धर्मालम्बीहरूले धर्म गुरु हजरत मुहम्मदको जन्मदिनको अवशरमा बजारका बिभिन्न स्थानमा र्याली पर्दशन गरेका हुन् । पैगम्वर हजरत मुहम्मदलाई इस्लाम धर्मको मुख्य प्रचारको धर्म गुरुको रूपमा मुस्लिम धर्मालम्बीहरूले लिने गरेका छन्। इस्लाम धर्ममा अल्लाह तथा खुदाको सबैभन्दा नजिकको दूतको रूपमा पैगम्वर हजरत मुहम्मदलाई लिने गरिन्छ।

पैगम्वर हजरत मुहम्मदको जन्मदिनको अवसरमा बागलुङ मुस्लिम विधि परम्पराअनुसार पूजापाठ तथा ध्यान गरिएको मुस्लिम समुदायले जनाएका छन् । मुस्लिम समुदायमा इद, वकर इद, मोहरम र पैगरम्वर हजरतको जन्मदिनलाई विशेष चाडको रूपमा मनाउने गर्दछन् ।