images
images

म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई नेपाल जेसीजद्धारा सम्मान

म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई नेपाल जेसीजद्धारा सम्मान गरेको छ । म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र स्वमसेवकलाई सम्मान गरिएको हो ।

भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरन थापा, विपद् व्यवस्थापनमा स्वमसेवक बनेर काम गरेका इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मेलनको उद्घाटन समारोहमा सम्मान गरिएको थियो । म्याग्दीमा जन्मिएर कलाकारिता, पशुपालन, लघुउद्यम र समाजसेवामा फरक पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।