मुस्ताङ,
समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाईमा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ ।
विश्वकै उच्च स्थानमा दोस्रो पटक प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले दावी गरेको छ ।
प्रतियोगिता आयोजक समितिका संयोजक रहेका गण्डकी प्रदेशका पुुर्व सांसद इन्द्रधारा बिष्टका अनुसार यसअघि भारतको सिक्किममा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मान्ने गरिएको थियो ।
“काठमाडौ, पोखरा, धरान, बुुटवल लगायतका ठाउँबाट आएका २८ जना खेलाडीहरुको सहभागीतामा प्रतियोगिता सम्पन्न भयो,” उहाँले भन्नुभयो “विश्वकै उच्च स्थानमा दोस्रो पटक गल्फ खेलाएर किर्तिमान बनाउन सफल भएका छौ ।”
नौ होलमा खेलाइएको प्रतियोगितामा पुुरुषतर्फ श्याम तामाङ र महिलातर्फ जुुली गुुरुङ बिजयी हुुनुुभएको अफिसियल भुुबहादुुर गुुरुङले बताउनुुभयो । १९ पोइन्ट ल्याएर श्याम लगातार दोस्रो पटक च्याम्पीयन हुुुनुुभएको हो । महिलातर्फ गत वर्षका बिजेता सुुस्मा सिंह दोस्रो हुुनुुभयो ।
पुुरुषतर्फ लिलझोङ गुुरुङ उपबिजेता बन्नुुभएको छ । रोविन राना उत्कृष्ट खेलाडी बन्नुभयो । बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई सुुन र चाँदीको जलप लगाइएको ट्रफीको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गर्ने घोषणा गरिएको थियो । कसैले पनि होल ईन वान नहानेकाले घोडा पुुरस्कार नपाएका प्रतियोगिता संयोजक विष्टले बताउनुुभयो । स्टेफल फोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा प्रतियोगिता खेलाइएको थियो ।
उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगितालाई निरन्तरता दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले बताउनुुभयो । “दुुई वर्ष अघि लोवथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर अवलोकन गरेका थिए,” उहाँले भन्नुभयो “टोलीले गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि पर्यटन आर्कर्षित गर्न प्रतियोगितालाई निरन्तरता दिएका हौ ।”
लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजार देखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भईसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।
गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स लगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट तीस मिनेटमा पुग्न सकिन्छ ।