images
images

प्रमुख प्रशासकीय अधिकृतलाई ताराखोला गाउँपालिकाले हाजिर गर्न दिएन

बागलुङको ताराखोला गाउँपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको छ । सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेलाई गाउंपालिकाले सरुवा गरेको हो ।

पाण्डेलाई भदौ ४ गते मन्त्रालयले ताराखोलामा सरुवा गरेको गरेको थियो । भदौ २६ गते हाजिर हुन ताराखोला आउनु भएका पाण्डेलाई गाउ“पालिकाका अध्यक्ष धनबहादुर विकले हाजिर नगराई फिर्ता पठाउनु भएको हो ।
गाउ“पालिकाले अघिल्लो वर्षको असार महिनादेखि प्रकाश गैरेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवार दि“दै आएको छ ।
मन्त्रालयबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकाले हाजिर नगराएपछि अहिले काठमाडौँ फर्किएको बताउनुभयो ।

अधिकृत पाण्डेले भन्नुभयो “मन्त्रालयले भदौ ४ गते ताराखोला सरुवा गरेको थियो, म २६ गते हाजिर हुन गाउँपालिका गएको थिए, हाजिर हुन नदिएपछि काठमाडौँ फर्किएको छु, अब यतै मन्त्रालय तिर हुन्छ होला