कालीगण्डकी आवासीय माध्यामिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्धारा एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
विद्यार्थीसँग विद्यार्थी कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका वडा नम्वर ४ ओडारचौरस्थित देउराली प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
विद्यालयको खाजा लगायतको शुल्क बचाएर संकलन गरेको रकमबाट सामग्री किनेर ३२ जना विद्यार्थीहरुलाई सहयोग गरिएको युवा रेडक्रस सर्कलका अध्यक्ष संगम क्षेत्रीले बताए ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले मानविय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबैभन्दा अग्रपंक्तिमा उभिने भावनाको विकास हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष जीवननाथ शर्मा, कालीगण्डकी उपशाखाका अध्यक्ष हरि वहादुर जिसी सन्तोष, कालीगण्डकी आवासीय विद्यालयका सहायक प्रअ सुरेन्द्र शाक्य र शिक्षक नायक केदार शर्मा लगायतले बोल्नु भएको थियो ।कक्षा १ देखि ३ सम्म संचालित छ देउराली प्राविमा वढी ज्याला मजदुरी गर्नेहरुका बालबालिका अध्ययनरत रहेका छन्। दिनरात ज्याला मजदुरी गरेर जीविको पार्जन अभिभावकका बालबालिका मात्र यो विद्यालयमा पढ्न आउने गरेका छन् । सो विद्यालय महिलाले नेतृत्व गरेको विद्यालय समेत हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विजुला शर्मा र र विद्यालयको प्रधानाध्यापक लक्ष्मी आचार्यले नेतृत्व गरी सो विद्यालय संचालन गरिरहेका छन् । विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कालीगण्डकी आवासीय माध्यामिक विद्यालयमा गठित युवा रेडक्रस सर्कल जिल्लाकै उत्कृष्ट युवा रेडक्रस सर्कलको रुपमा घोषित भएको थियो

धौलागिरी टेलिभिजन 



