images
images

मुस्ताङको मार्फा लेकमा भीरबाट लडेर एकजनाको मृत्यु

बागलुङ, १७ साउन

मुस्ताङको मार्फा लेकमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मंगलबार म्याग्दीको रघुगंगा—१ घर भइ मुस्ताङको घरपझोङ –२ मार्फा बस्ने ४२ वर्षीय कालिबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको मार्फा गाउँमाथि भेडाबाख्रा चराउन गोठमाथिको लेकमा जाँदा भीरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले उल्लेख गर्नुयभो । मृतक गर्बुजाको शव गोठ रहेको स्थानभन्दा पश्चिमको उकालो भीरमा फेला परेको बताइएको छ । जिम्बु टिपेर फर्किंदा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

गोठबाट भेडाबाख्रा चराउन मार्फा लेक पुगेका गर्बुजा लेकबाट नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट शव उठाएर मुस्ताङ अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।