images
images

१० दिने गुडिया बनाउने तालिमका

बागलुङ हस्तकला सघंले आयोजना गरेको १० दिने गुडिया बनाउने तालिमको समापन भएको छ । तालिम समापनका अवसरमा बोल्दै बागलुङ हस्तकला सघंका संस्थापक संरक्षक प्रेम छोटाले तालिममा सिकेका कुरालाई व्याव्हारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले महिलाको जिवनस्तर उकास्नका लागि यस्ता खाले तालिम महत्वपुर्ण हुने बताउनुभयो ।

सो अवसरमा सघंका संस्थापक अध्यक्ष ईन्द्र श्रेष्ठ, शसिकिरण श्रेष्ठ, ईश्वर मलेपति श्रेष्ठ, सल्लाहकार मुकेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल र तालिमका सहभागि शान्ति भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमको सहजिकरण ज्योती शाक्यले गर्नुभएको थियो । तालिममा सहभागी २० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम बागलुङ हस्तकला सघंका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत र महासचिव सम्झना राजभण्डारी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।