images
images

भुकम्प, बाढिपहिरो तथा मनसुनजन्य प्रकोप बाट बच्नका लागि अभ्यास तालिम

जेष्ठ, २०
म्याग्दी
म्याग्दी जिल्लाको मालिका गाँउपालिका ६ दरवाङ्ग र अन्नपुर्ण गाउपालिका स्थित पोखरेबगरमा भुकम्प, बाढिपहिरो तथा मनसुनजन्य प्रकोप बाट बच्नका लागि अभ्यास तालिम सम्पन्न गरिएको छ । आगलागी नियन्त्रण, सिलिण्डरमा आगो लागेमा निभाउने तरिका, विपदको समयमा बाढीमा गरिने उद्धार, पहिरोबाट उद्धार तथा बिपदबाट बच्च सक्ने उपाय लगायतका बिषयमा जनकारी गराईएको थियो । जिल्ला प्रशासन कार्यालय, सेना तथा प्रहरीको सो अभ्यास गराएको हो । साथै उक्त अभ्यासमा भिर तथा पहिरोको बिचमा अडकिएको व्यक्तिको उद्दार तथा प्राथमिक उपचारको सम्बन्धमा पनि जानकारी गराईएको छ । उक्त कार्यक्रम संचालनबाट मालिका र अन्नपुर्ण गाउपालिकाका करिब ३ सय जना स्थानिय व्यक्तिहरु लाभान्वित भएको अनुमान गरिएको छ । म्याग्दी जिल्ला बर्षातको समयमा अझ बढी वाढी तथा पहिरोबाट प्रभावित हुने भएकोले यसबाट हुन सक्ने सम्भावित क्षेती न्युनिकरणका लागि उक्त अभ्यासन गरिएको नेपाली सेनाले जनाएको छ ।