बागलुङ । जिल्लाकै ठूलो मेलाको रुपमा रहेको बागलुङ महोत्सवमा टिकटक च्यालेन्ज गर्न सकिने छ । महोत्सवको मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तीब्रता दिइएको आयोजकद्धारा पत्रकार सम्मेलन मार्फत टिकट दर सार्वजनिक तथा टिकटक च्यालेन्जको विषयमा जानकारी दिइएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौँ बागलुङ महोत्सव गर्न लागेको हो । महोत्सवमा हेलिकप्टर सयरदेखि अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्ने तथा डिजे कन्सर्टको व्यवस्था मिलाइएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका पूर्वअध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
महोत्सव हुने स्थान बाङ्गेचौर खेल मैदानमा स्टल बुकिङ खुल्ला गरिएको छ भने अनलाईनबाट टिकट खुल्ला गरिएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा टिकटक च्यालेन्ज गर्नेलाई नगद १० हजार सहित थुप्रै उपहार दिइने छ । जस्का लागि महोत्सवको लोगो सहित पुस ३ गतेदेखि २० गतेसम्म धार्मिक पर्यटकीयस्थल र महोत्सवको विषयलाई समेटेर टिकटक बनाएर अपलोड गर्नुपर्नेछ ।
महोत्सवमा विद्यार्थी परिचयपत्र सहित आउने विद्यार्थीलाई रु ७० को टिकट, अन्य सर्वसाधारणका लागि प्रति टिकट रु १०० रहनेछ ।
यस्तै परिचयपत्रका आधारमा जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवका सहयोगी एवं शुभचिन्तकलाई एकमुष्ट रु एक हजारको पासको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजन कुमार शाक्यले जानकारी दिनुभयो ।
पुस १६ गते र १८ गते विशेष सांस्कृतिक कार्यक्रम रहेकाले माथि व्यवस्था भएका कुनै पनि परिचय पत्र, प्रवेश पास, एक चरण प्रवेश पासको प्रयोग गर्न पाइने छैन भने त्यस दिन विशेष टिकटको व्यवस्था गरिने छ । महोत्सवको एक सयको टिकटलाई सुरक्षित गर्नु भएमा उक्त टिकटले बागलुङ नगरपालिका–३ मा रहेको बिएसआर फिल्म हलमा १ टिकटमा दुईजना ९१ जना निशुल्क० फिल्म हेर्ने र बेसिल क्याफेमा १० प्रतिशत छुट माघ मसान्त भित्रमा उपलब्ध गराईने कँडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस्तै एक सयको टिकट लिई ‘गजबको पिरो चाउचाउ’ महोत्सव स्थलमा तिन दिन विशेष टेस्टीङ ९निशुल्क० गर्ने अवसर पाइने छ भने एक सयको टिकटमा प्रति दिन लक्कि ड्र मार्फत विशेष उपहार उपलब्ध गराईने आयोजकले जनाएको छ । पुस १६ र १८ गतेका लागि अनलाईन मेरो टिकट एपबाट प्रि बुकिङ खुल्ला गरिएको छ ।
टिकटको दर बुकिङ आधारमा ५००, ८००, १००० र डोरसेलमा विशेष उपहार सहित थप मूल्य लिन जनाइएको छ । दर्शकलाई अनलाइन मार्फत टिकट बुकिङको सुविधा रहेको छ । दर्शकले नयाँ वर्षमा एउटै दरको टिकटको सट्टा तीन थरि महङ्गो टिकट अनलाइन मार्फत किन्नु पर्ने आयोजकको व्यवस्थाले दर्शकलाई मर्का पर्नुका साथै बागलुङमा आउने पर्यटकको बसाईमा समेत प्रभाव पर्ने देखिन्छ ।
यो व्यवस्थालाई आयोजकले समयमै सच्याउनु पर्दछ । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजन कुमार शाक्यको अध्यक्षता, प्रथम उपाध्यक्ष नविन श्रेष्ठको स्वागत र महासचिव ईन्द्रमणि पौडेल अर्जुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरी टेलिभिजन 











