शंखधर बहुमुखी सहकारीको २३औँ साधारणसभा सम्पन्न

बागलुङ। शंखधर बहुमुखी सहकारीको संस्था लिमिटेडको २३औँ साधारणसभा आइतबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शंखधर बहुमुखी सहकारीका संरक्षक परशुराम श्रेष्ठले सहकारीलाई संस्थागत रुपमा सञ्चालन गरे कुनै समस्या नआउने बताउनुभयो ।

सभामा शंखधर बहुमुखी सहकारीका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले सचिव युक्त जंग राजभण्डारीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक निरज शाक्यको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा चार जना जेष्ठ सेयर सदस्य, ७ जना विद्यार्थी र तीन जना दुई हजार कित्ता पुराएका सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठको स्वागत र सचिव युक्त जंग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

२०५८ सालमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या ५ सय १० जना, सेयर पुँजी २ करोड ३३ लाख रहेको छ ।

बागलुङ नगरपालिका–२ मिलिजुली चोकमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएको छ ।