बागलुङ । बागलुङ नगरपालिका ५ मालिका स्थित प्रशिद्ध धार्मिक स्थल मालिका भगवति मन्दिरमा धार्मिक महोत्सव तथा तिजि मेला हुनेभएको छ । नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर यहि भदौ ८ गते देखी १२ गते सम्म मेलाको आयोजना गरिएको हो ।
मालिका भगवती मन्दिर ब्यवस्थापन समितिको संयोजनमा बागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ को संगम स्थल मालिकामा यहीँ भदौ ८ देखी १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा मालिका भगवती मन्दिर ब्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाले जानकारी दिनुभयो ।
हराउदै गएको कला संस्कृतिको जर्गेर्ना गर्ने तथा यस क्षेत्रमा रहेका धार्मिक धरोहरको उजागर गर्ने उदेश्यले मेला आयोजना गरिएको सापकोटाले बताउनुभयो । मेलालाइ भब्य र सभ्य रूपमा मनाउन भदौ १ गतेदेखि ८ गतेसम्म कथा बाचक शिव आचार्यबाट हरितालिका एबम ऋषि पन्चमी महिमा प्रवचन कार्यक्रम आयोजना गरिएको महासचिव सापकोटाले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले मन्दिर पुनर्निर्माण सम्पन्न भएको र मेला संचालनको तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो । सबै स्थानीय एकजुट भएर लागि रहेको अहिले मन्दिर कलात्मक ढंगले पुनर्निर्माण भएपछिल्लो यशको महत्त्व बढेर गएको मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माले बताउनुभयो ।
भदौ १० गते बिशिस्ट ब्याक्तित्वको साथमा रु ५ हजार र सो भन्दा माथी सहयोग प्रदान गर्नु हुने निर्माणकर्ताहरुको सामुहिक सहभागीतामा दिब्य मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव सापकोटाले जानकारी दिनुभयो ।
तीजको अबसरमा पन्चदिवसीय विभिन्न धार्मिक अनुष्ठानहरु रहने तीजी मेलातर्फ खुल्ला भलिबल प्रतियोगिता भलिबल खेलमा प्रथम हुने लाई एकलाख एघार हजार एक सय एघार को साथमा ट्रफी र प्रमाण पत्र दोस्रो हुने टिमलाई पचपन्न हजार पाँचसय पच्पन्न रहेकोछ भने तेस्रो हुने टिमलाई पन्द्र हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
पुरुष छेलो तर्फ प्रथम हुनेलाइ रु १५ हजार महिला छेलोतर्फ रु ५ हजार ५ सय ५५ रुपैया पुरस्कार रहेको आयोजनकले जनाएको छ ।एकल नृत्य प्रतियोगिता तर्फ पहिलो दोस्रो तेस्रो हुने लाई लाई क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तिजी मेला र धार्मिक महोत्सवलाइ भब्य र सभ्य रूपमा मनाउन ५०१ सदस्य समिति गठन गरिएको छ ।ऐतिहासिक धार्मिक सांस्कृतिक रूपले महत्त्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माण पछि यश क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा बानपा ५ का वडा अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक हरिप्रसाद शर्माको अध्यक्षता र मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

धौलागिरी टेलिभिजन 











