८१ जना ज्येष्ठ नागरिक लाई सम्मान

बागलुङ। पान्चायत मन्दिर सेवा समिति बा.न.पा ३ मुलपानी बडहरेमा ज्येष्ठ नागरिक लाई सम्मान गरिएको छ । साउन महिनाको अन्तिम सोमबार भगवान शिवजीको पुजाआराधना सहित मन्दिर निर्माणमा योगदान पुर्याउने ८१ जना ज्येष्ठ नागरिक लाई सम्मान गरिएको हो ।

सम्मानित सबैलाई उच्च अदालत पोखरा बागलुङ ईजलासका मुख्य भई काम गर्ने न्याधिस नातिबाबु लामिछाने र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ रेग्मीले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै अदालत पोखरा बागलुङ ईजलासका मुख्य भई काम गर्ने न्याधिस लामिछानेले कठिन परिस्थीतिमा मन्दिर निर्माण गरेका ज्येष्ठ नागरिक लाई सम्मान गर्नु प्रशंसनिय कार्य भएको बताउनुभयो ।

२०५३ शालमा स्थापना भएको यस मन्दिरमा हरेक बर्ष शिवरात्रि र साउन महिनामा शिवजीको बिशेष पुजाआराधना र पुजाआराधना हुने गर्दछ ।

साउनको अन्तिम सोमबार राधाकृष्ण मन्दिरको भजन टोली र स्थानियको बाक्लो उपस्थिीतिमा पुजाअर्चना सहित भजन किर्तन गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रम पान्चायन मन्दिरसेवा समितिका अध्यक्ष अध्यक्ष विश्वनाथ रेग्मीको अध्यक्षता र राधाकृष्ण मन्दिर सेवा समितका अध्यक्ष रमेशकुमार राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।