रजत जयन्तीको अवसरमा पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्षहरु सम्मानित

बागलुङ।  नेपाल पत्रकार महासंघ बागलुङ शाखाको रजत जयन्तीका अवसरमा बागलुङका सात पत्रकार पुरस्कृत भएका छन् । ‘हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार –२०८१’ बाट चारजना र नन्दहरी सिर्जनसिल पत्रकारिता पुरस्कारबाट तिनजना पत्रकार पुरस्कृत भएका हुन् ।

उहाँलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले नगद रु २० हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नु भएको हो ।

हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार –२०७९ बाट किरण आचार्य, २०८० बाट कोपीला कँडेल २०८१ बाट पत्रकार महासघंका पुर्व अध्यक्ष दिल शिरिष र २०८२ बाट सुवास आचार्य पुरस्कृत हुनुभएको हो ।

उहाँहरु जनही रु २० हजारसहित पुरस्कृत भएको पत्रकार महासंघ बागलुङ अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

त्यस्तै नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार तारानाथ आचार्य, २०८० बाट प्रकाश बराल, २०८२ बाट प्रदीप पन्त पुरस्कृत हुनु भएको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँहरुले जनही रु २० हजार र सम्मान पत्रले पुरस्कृत हुनु भएको हो । त्यस्तै महासघंले स्थापनाकाल देखी हाल सम्मका सम्पुर्ण अध्यक्षहरु लाई सम्मान गरेको थियो ।

पत्रकार महासघंका तत्कालिन संयोजक विदुर खड्का लाई मरणोपरान्त सम्मान गरिएको सचिव नारायण रिजालले जानकारी दिनुभयो ।

त्यस्तै पुर्व अध्यक्ष नारायणदत्त कँडेल,राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कँडेल लाई पत्रकार महासघंका केन्द्रिय अध्यक्ष निर्मला शर्मा र अध्यक्ष राम थापाले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।