
बागलुङ । भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।
ट्रम्प लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्।
एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।
’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्।
त्यसको लगतै भारत–पाकिस्तान दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख ९डीएमजीओ० ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।