बागलुङ उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनको खुल्ला सदस्य तर्फको अन्तिम मत परिणाम

 बागलुङ । उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान अन्तरगत खुल्ला सदस्यको मतगणना सकिएको छ ।

१३ खुल्ला सदस्यका लागि मतदानपछिको मतगणना सकिएको हो । कुल १ हजार १ सय ८७ मत खसेको मतगणनाको अन्तिम परिणाम अनुसार राजनकुमार शाक्य नेतृत्वको प्यानलबाट सवैभन्दा बढि ८ सय २२ मत प्राप्त गरि खुल्ला सदस्यमा ऋषीराम गौतम विजयी हुनु भएको छ ।

शाक्यको प्यानलबाट खुल्ला सदस्यमा अर्जुनप्रसाद कँडेलले ६ सय ६३, अकिलबहादुर क्षेत्री धुर्वले ६ सय ३५, नविनकुमार श्रेष्ठले ६ सय ३०, इन्द्रमणी पौडेल अर्जुनले ६ सय ८, चन्द्रराज रेग्मीले ५ सय ७९, मनिष राजभण्डारीले ५ सय ४९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।

यसैगरि उमाकान्त शर्मा बावुको प्यानलबाट खुल्ला सदस्यमा दिपक हमालले ६ सय ९, सुदिपसागर कँडेलले ६ सय २, बद्री ढुङ्गानाले ५ सय ९२, श्रीजय श्रेष्ठले ५ सय ५४, उमेश केसी र राजु गौतमले समान ५ सय ३८ मत लिएर विजयी हुनु भएको छ । महिला सदस्य र उद्योग सदस्यका लागि मतगणना शुरु भएको बताइएको छ ।