
बागलुङ ।अवैध लागूऔषध गाँजा करिब १ सय५० किलोग्राम सहित ४ जनालाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीको टोलीले बारा, जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाबाट पक्राउ गरेको हो
पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–८ बस्ने नन्दकिशोर सहनी, बिर बहादुर डम्वा, जीतपुरसिमरा उपमहानगरपालिका–२२ चक्री टोल बस्ने बुद्ध घलान, र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे बस्ने सोमलाल पाख्रीन रहेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।