
बागलुङ । ६८औं राष्ट्रिय सहकारी दिवश बागलुङमा विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । चैत २० गते दिवश भएपनि अहिले देखिनै सहकारी क्षेत्रका समस्या समाधान गर्ने, सदस्य भेट्ने र मर्यादित सहकारी बनाउने लक्ष्यले जिल्ला सहकारी संघले अहिले देखिनै विभिन्न कार्यक्रमको थालनी गरिएको जिल्ला सहकारी सघंले जानकारी दिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर संघले तय भएका कार्यक्रमबारे जानकारी दिएको हो । सहकारी दिवश मनाउने सन्दर्भमा बिहिबार भएको संचालक समितिको बैठक र विषयगत संघहरुको बैठकपछि दिवशका कार्यक्रमहरु तय भएका हुन् ।
दिवशको अवसरमा चैत १४ गते सहकारी रजिष्ट्रारको कार्यालयमा समीक्षा गरिने छ । त्यस बाहेक चैत १५ देखि १९ गतेसम्म जिल्लाका दशवटै पालिकामा पुगेर त्यहाँको अवस्था बुझ्ने, सहकारीका शेयर सदस्यहरुसँग छलफल गर्ने र हालको अवस्थाबारे अन्तरक्रिया गर्ने योजना बनेको संघकी अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले बताइन् ।
पछिल्लो समय केही सहकराीमा समस्या देखिएपछि सहकारीले पालिका तहमा पनि छलफल गर्न लागेको हो । जिल्ला भित्रका सहकारीमा समस्या नभएको, तर ऋणिहरुले समयमा ऋण नतिर्ने गरेको गुनाासो भने बढेको जिसीले बताइन् ।
त्यस्तै १ हजार १ सदस्य रहेको दिवश मुल समारोह समिति गठन भएको पनि पत्रकार समेलनमा जानकारी गराइयो । चैत २० गते र्यालीसहित मुल समारोह गरिने भएको छ । पत्रकार सम्मेलनमा उठेका जिज्ञाशाबारे सहकारी संघका पूर्व अध्यक्ष रामबहादुर जिसी, सचिव तेजप्रसाद शर्मा लगायतले जानकारी गराएका थिए ।
‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मुल नाराका साथ देशभर सहकारी दिवश मनाउन लागिएको हो । यो अभियानमा भेटौं सदस्य भन्ने उक्ति समेत समावेश छ ।