धवलागिरि क्याम्पसको स्ववियु सभापतिमा अखिलकी आस्मिन र सचिवमा नेवि संघका हरिजन विजयी

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतीमा अखिल संयुक्त प्यानलबाट आस्मिन शेख विजयी भएकी छिन् ।

शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी हुनु भएको हो । शेखले ५५२ मत ल्याएकी ल्याउँदा उहाँकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत ल्याइन् ।

स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत पाउनु भएको छ । सचिवमा नेवि संघका सचिन हरिजन विजयी हुनु भएको छ ।

हरिजनले ५३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याउनु भएको छ।

पुन आखिल क्रान्तिकारी निकट हुनुहुन्छ। कोषाध्यक्ष पदमा ६५४ मत ल्याएर नेवि संघकै विशाल थापा विजयी हुनु भएको छ ।

थापाले ६५४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रेखा शर्माले ३८४ मत प्राप्त गर्नु भएको छ। शर्मा अखिल छठौँ निकट हुनुहुन्छ ।

सदस्यमा नेवि संघका प्रशान्त सुवेदी , दीपसागर सुवेदी, सुदिप घर्ती मगर , सृष्टि घर्ती, सुवास बाबु घर्ती, सेमन्त शर्मा, सुभम राजभण्डारी र अनेरा स्ववियुका विकल्प घर्ती मगर निर्वाचित हुनु भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिनुभयो । कुल एक हजार ४ सय ७६ मतदाता रहेको क्याम्पसमा एक हजार ५९ मत खसेको थियो ।