गलकोट क्याम्पसको स्ववियु सभापतीमा अखिल क्रान्तिकारीका प्रभात साहनी विजयी

गलकोट । गलकोट हटियास्थित गलकोट बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावमा अखिल क्रान्तिकारी विजयी भएको छ । सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका हुन् ।

साहनीले नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानलकी रेनुका परियारलाई हराएका थिए ।

साहनीको पक्षमा ९९ र परियारको पक्षमा ५८ मत परेको छ ।सचिवमा अखिल क्रान्तिकारीका पवन विक र कोषाध्यक्षमा स्मृति बुढाथोकी निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीका विकले संयुक्त प्यानलकी पारु घर्तीलाई हराए । विकले ८५ प्राप्त गरेका थिए । यसैगरी कोषाध्यक्षमा अखिल क्रान्तिकारीका बुढाथोकी ८९ मत ल्याएर संयुक्त प्यानलका सचिवका उम्मेवार अमृत सापकोटालाई पराजित गरेका हुन ।

साथै समानुपातिक सदस्यहरुमा अखिल क्रान्तिकारीका निकिता साहानी, अजय केसी, प्रमिला विक, निकिता थापा, शंकर परियार, सारा पुन, सुधा साहनी, ममता घर्ती निर्वाचित भएका छन् ।स्ववियु निर्वाचनमा एक सय ५८ मत खसेको निर्वाचन अधिकृत चुडामणी शर्माले बताउनुभयो ।